मनोरञ्जन

‘१२ वी फेल’ हिन्दी फिल्म वरीयताको शीर्ष स्थानमा

By खबरहब

January 09, 2024

काठमाडौं– विक्रान्त मैसीको मुख्य भूमिका रहेको भारतीय फिल्म वरीयताको शीर्ष स्थानमा निस्किएको छ । सामान्य परिवारको युवक आईपीएस अफिसर बन्न मनोज नामको युवकले गरेको संघर्षमा आधारित यो फिल्म २० करोडको लगानीमा बनेको हो । 

विधु विनोद चोपडाको निर्देशन रहेको यो फिल्म गत वर्ष अक्टोबर २३ मा प्रदर्शनमा आएको थियो । सत्य घटनामा आधारित यस फिल्मले हलमा दर्शक तान्न सकेको थिएन । यद्यपि ६६ करोड भारुको व्यापार गरेको थियो । तर, ओटीटी प्लेटफर्ममा भने फिल्म सुपर हिट बन्यो । डिसेम्बर २९ बाट अनलाइन प्लेटफर्ममा उपलब्ध यो फिल्मले ‘माउथ पब्लिसिटी’ एकदमै राम्रो पाएको छ । 

यो फिल्मले आईएमडीबीमा सबैभन्दा बढी रेटिङ पाउँदै भारतीय फिल्महरूलाई पछि पारेको छ । १० मा ९ दशमलव २ रेटिङका साथ यो फिल्मले २५० उत्कृष्ट हिन्दी फिल्मलाईपछि पारेको छ । 

आईएमडीबीमाको दोस्रो वरीयतामा सन् १९९३ मा प्रदर्शनमा आएको ‘रामायण ः द लेजेन्ड अफ प्रिन्स राम’ छ । त्यस्तै तेस्रो चौथो र पाचौंमा क्रमशः नायकन, गोलमाल र रकेट्री: द नम्बी इफेक्ट छन् ।