अपराध

सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

By खबरहब

January 09, 2024

काठमाडौं – सर्बिया पठाइदिन्छु भन्दै करिब ९ लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

उदयपुरको कटारी नगरपालिका १ घर भई हाल ललितपुरको च्यासल बस्ने बिकास घले र सञ्जय लामाले टोकियो ओभरसिस कम्पनि दर्ता गरी वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु भन्दै सरिता घलानबाट ८ लाख ९० हजार रुपैयाँ ठगी गरेका थिए। उनीहरूलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

कुमार र सञ्जयले सरितालाई सर्बिया जान ९ लाख लाग्छ, पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भनी १ लाख तलव भनेर प्रलोभनमा पारेर पटक–पटक गरी १३ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरिका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कुमार र सञ्जय लाई काठमाडौंको महाबौद्ध र सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता रवीन्द्र रेग्मीले बताए।