प्रहरी

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, को कहाँ ? (सूचीसहित)

By खबरहब

January 09, 2024

काठमाडौं – गृहमन्त्रालयले नेपाल प्रहरीका १६ जना डिआइजीको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले मंगलबार डीआईजीको सरुवा गरेको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश र व्युरोमा रहेका डीआईजीहरुको जिम्मेवारी हेरफेर भएको ले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखामा साबिक दरबन्दी रहेका डीआईजी चन्द्रकुबेर खापुङको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर सरुवा भएको छ।

त्यस्तै डीआईजी यज्ञविनोद पोखरेल मधेश प्रदेश प्रहरी कार्यालयमा पुगेका छन्। भने बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुबेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूरपश्चिममा वीरेन्द्र केसीको सरुवा भएको छ ।