समाचार

अध्यागमन विभागले आजदेखि ई-भिसा लागू गर्दै

By खबरहब

February 09, 2024

काठमाडौं– अध्यागमन विभागले शुक्रबारदेखि ई-भिसा लागू गर्ने भएको छ। 

ई-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको सुरुवात गर्न लागेको विभागले जनाएको छ । यो सेवाको औपचारिक आरम्भ आज बिहान ११ बजे गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्ने कार्यक्रम रहेको छ। 

उक्त कार्यक्रमको सुरुवात भएसँगै सेवाग्राहीलाई सहज हुने बताइएको छ ।

अब नेपाल आउन चाहने पर्यटकलाई भिसाका लागि दूतावास धाउनुपर्ने र विमानस्थलमा लाइन लाग्नुपर्ने बाध्यता हट्ने छ ।