अन्य

गोपीकृष्ण सिनेमा हल फागुन १ देखि बन्द हुने

By खबरहब

February 09, 2024

काठमाडौं-  गोपीकृष्ण सिनेमा हल आगामी १ फागुनदेखि बन्द हुने भएको छ ।

गोपीकृष्ण सिनेमा हल आगामी १ फागुनदेखि बन्द हुनेबारे शुक्रबार गोपीकृष्ण मुभिज प्रालिले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो ।

कोरोनाकालदेखि चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दी र राज्यको राज्यको विद्यमान कर प्रणालीको कारण १ फागुनदेखि हल बन्द गने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गोपीकृष्ण सिनेमा हल २०५२ सालदेखि सञ्चालनमा आएको थियो ।