अध्यागमनले आजदेखि सुरु गर्‍यो ई-भिसा 

By खबरहब

February 09, 2024

काठमाडौं – अध्यागमन विभागले आजदेखि ई–भिसा लागू गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई-भिसा प्रिन्ट गरेर दिँदै यसको सुरुवात गरेका हुन् ।

ई-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको औपचारिक सुरुवात भएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी बताए ।

भिसाका लागि जहाँबाट पनि आफैँ आवेदन दिन सकिनेछ । विभागले केही समय परीक्षण गरेर आजदेखि यसको लागू गरेको हो ।

उसबाट नेपालमा धेरै पर्यटक भित्र्याउन र उनीहरूलाई सहजता प्रदान सकिने अध्यागमनको विश्वास छ । अब नेपाल आउन चाहने पर्यटकलाई भिसाका लागि दूतावास जानु पर्ने छैन ।

ई-भिसाको शुभारम्भ गर्दै गृहमन्त्री श्रेष्ठले अब भिसाको लागि आम नागरिकले दुःख नपाउने बताए । मन्त्रालयले अब सबै कार्य अनलाइन प्रक्रियामार्फत गर्दै जाने र कर्मचारीलाई पनि परिष्कृत गर्दै लैजाने मन्त्री श्रेष्ठको भनाई थियो ।

अब पेमेन्टलाई ग्लोबल्ली पेमेन्ट गर्न सक्ने गरी मोडुलर अवधारणाबाट अपडेट गर्ने योजना रहेको उनले सुनाए ।