राजनीति

भाषण सुन्ने कोही नहुँदा भित्तालाई पनि सुनाउने प्रवृत्ति देखियो : देउवा

By खबरहब

February 09, 2024

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कहिले काही भित्तालाई पनि भाषण सुनाउनुपर्ने बताएका छन् ।

काठमाडौंको जिल्ला सम्मेलनमा आफूले बोल्नुअघि नेताहरू हिँडेपछि उनले व्यङ्ग्य गर्दै भाषण सुन्ने कोही नहुँदा भित्तालाई पनि सुनाउने प्रवृत्ति रहेको बताए ।

भाषण सुन्ने मानिसहरू कोही नभए पनि नेताहरू भाषण गरिरहेको देखिएको भन्दै सभापति देउवाले यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । सबै हिँडिसकेपछि बोल्नुको अर्थ नरहने देउवाको तर्क थियो ।