समाचार

पेरिसडाँडामा माओवादी केन्द्र स्थायी समितिको बैठक जारी

By खबरहब

February 09, 2024

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ ।

मस्यौदा विधान २०८० माथि छलफल गर्न बैठक बोलाएको पार्टीका महासचिव देव गुरुङले बताए ।

माओवादीको विधान अनुसार केन्द्रीय कमिटीले अन्तिम रूप दिएपछि विधान पारित हुने व्यवस्था छ ।

उनले खबरहबलाई भने, ‘दुई दिन स्थायी कमिटी बैठक बसेपछि फेरि आइतबार र सोमबार केन्द्रीय कमिटीको बैठक बस्नेछौँ । यसमा पार्टीले चलाएको जागरण अभियानबारे पनि छलफल हुन्छ ।’