समाचार

माओवादीको स्थायी कमिटी बैठक जारी

By खबरहब

February 09, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा मस्यौदा विधान २०८० माथि छलफल भइरहेको माओवादीले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले समसायिमक विषयमा ब्रिफिड गरिरहेको बुझिएको छ ।

भोलिसम्म चल्ने बैठकले आइतबार र सोमबार बस्ने केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्नेछ ।