फाइल तस्बिर

क्रिकेट

त्रिदेशीय टी२० सिरिजको खेल तालिका सार्वजनिक

By खबरहब

February 09, 2024

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणीय टी–२० सिरिजको खेल तालिका सार्बजनिक गरेको छ ।

नेपालसहित नामिबिया र नेदरल्याण्डस बीच हुने यो सिरिज २७ फेब्रुअरीदेखि ५ मार्चसम्म हुने छ । यो सिरिज आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणीय सिरिजपछि हुने छ । लिग–२ सिरिज २५ फेब्रुअरीसम्म हुने छ ।

सिरिजको पहिलो खेल फागुन १५ गते नेपाल र नामिबिया बीच हुने छ । डबल राउण्ड रोबिनका आधारमा हुने सिरिजमा फागुन १६ गते नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुने छ ।

त्यस्तै फागुन १८ गते नेपालले नामिबियासँग पुन प्रतिस्पर्धा गर्ने छ । लिग चरणको अन्तिम खेलमा फागुन १९ गते नेदरल्याण्ड्ससँग नेपालले खेल्ने तालिका रहेको छ ।