राजनीति

कांग्रेस महासमिति बैठकका लागि प्रचार प्रसार उपसमिति गठन

By खबरहब

February 09, 2024

काठमाडौं – नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठक प्रभावकारी बनाउन प्रचार प्रसार उपसमिति गठन गरेको छ ।

पार्टी केन्द्रीय सदस्य एवं केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माको संयोजकत्वमा सात सदस्यीय ‘प्रचार प्रसार उपसमिति’ बनाएको हो ।

उपसमितिको सदस्यमा किरण गिरी, बद्री सिग्देल, सरोज अधिकारी, रोजी पराजुली ढकाल, महेश्वर गौतम, केदारनाथ दाहाल र जगत प्रजापति रहेका छन् ।

यो पनि… महासमिति बैठकबारे महरले गरे जनसम्पर्क समितिका पदाधिकारीसँग संवाद