फाइल तस्बिर

अन्तर्राष्ट्रिय

मालदिभ्स वाह्य ऋण संकटको उच्च जोखिममा

By खबरहब

February 09, 2024

माले- अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले मालदिभ्स वाह्य ऋण संकटको उच्च जोखिममा रहेको चेतावनी दिएको छ । वित्तीय घाटा र सार्वजनिक ऋण बढ्दै जाँदा मालदिभ्स वाह्य ऋण संकटको उच्च जोखिममा रहेको आईएमएफले चेतावनी दिएको हो ।

हालै आईएमएफका उच्चस्तरीय प्रतिनिधिमण्डलले मालदिभ्सको भ्रमण गरी मुलुकको आर्थिक विकास एवम् नीतिगत प्राथमिकताबारे छलफल गरेका थिए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार आईएमएफले जारी गरेको प्रतिवेदनमा सन् २०२२ मा मालदिभ्सको अर्थतन्त्र करिब १४ प्रतिशतले विस्तार भएपनि सन् २०२३ मा यो घटेर ४ दशमलब ४ प्रतिशतमा झरेको जनाइएको छ ।

इन्धनको मूल्य उच्च रहेको तथा आयातको माग पनि उच्च रहेको भन्दै आईएमएफले सन् २०२४ मा मुलुकको व्यापार घाटा ‘ठूलो’ नै रहने उल्लेख गरेको छ ।