खेलकुद

भक्तपुर कप फुटवल प्रतियोगिताको फाइनल आज

By खबरहब

March 09, 2024

भक्तपुर– भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको आयोजनामा भइरहेको तेश्रो भक्तपुर कप फुटबल प्रतियोगिताको फाइनलमा आज पाण्डुबजार फ्रेन्डसिप क्लब पाण्डुबजार भक्तपुर र सामाजिक युथ क्लब भिड्ने भएका छन् । खेल भक्तपुर नगरपालिका– ७ स्थित महेश्वरी खेल मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।

सेमिफाइनल खेलबाट झौखेल युनाइटेडलाई हराई पाण्डुबजार र बी आर ब्रदर्सलाई पराजित गर्दै सामाजिक युथ क्लब फाइनलमा प्रवेश गरेका हुन् ।

प्रतियोगितामा विजेता टिमलाई नगद एक लाख २५ हजार र द्वितीय हुने टोलीलाई ६५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जनाइको छ।

प्रतियोगिताको प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई मायाको चिनो र नगद दुई हजार तथा उदयमान खेलाडीलाई एक हजार नगद पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगितामा कुल १६ वटा टिमको सहभागिता छ । जसमा भक्तपुरका ११, काठमाडौँका दुई, काभ्रेका दुई र ललितपुरको एक टोली छन् ।