ब्रेकिङ स्टोरी

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

By खबरहब

March 09, 2024

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा छलफल हुने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बैठकमा नयाँ सत्ता समीकरण बनेसँगै संसदमा खेल्नुपर्ने भूमिका र विश्वासको मत लिने सन्दर्भमा पनि छलफल हुने बताइएको छ ।

यही फागुन २१ गते नयाँ समीकरण बनेसँगै प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिइसकेको छ ।

समय लम्बिँदै जाँदा सरकारविरुद्ध चलखेल बढ्न सक्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल जतिसक्दो चाँडो विश्वासको मत लिने योजनामा छन् ।