अन्तर्राष्ट्रिय

पहिलो पटक फेब्रुअरीमा चीनमा उपभोक्ताको मूल्य बढ्यो

By खबरहब

March 09, 2024

बेइजिङ– अगस्टपछि पहिलो पटक फेब्रुअरीमा चीनको उपभोक्ता मूल्य वृद्धि भएको शनिबार सार्वजनिक तथ्यांकले देखाएको छ ।

बेइजिङस्थित राष्ट्रिय तथ्यांक विभाग (एनबीएस) का अनुसार उपभोक्ता मूल्य सूचकांक गत महिना ०.७ प्रतिशतले बढेको छ । यो अगस्टपछि पहिलो वृद्धि हो भने जनवरीमा उपभोक्ता मूल्य सूचकांक ०.८ प्रतिशतले घटेको थियो ।

ब्लुमबर्गले गरेको सर्वेक्षणमा विश्लेषकहरूले ०.३ प्रतिशतले वृद्धि हुने अनुमान गरेका थिए ।

सन् २०२१ पछि पहिलो पटक जुलाईमा चीनमा गिरावट आएको उपभोक्ता मूल्य तथा सेवामा अगस्टमा केही समयका लागि सन्तुलन आएपनि त्यसयता मूल्यमा निरन्तर गिरावट आएको छ ।

परम्परागत रूपमा चिनियाँ नयाँ वर्षको अवधिमा उपभोक्ता मूल्यमा वृद्धि हुन्छ, तर यस वर्षको फेब्रुअरीमा यसको मूल्यमा कमी आएको थियो । एनबीएसका अनुसार फेब्रुअरीमा  उत्पादक मूल्यमा २.७ प्रतिशतले गिरावट आएको छ ।