तस्विर एएफपी

अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा छ जना बेपत्ता

By खबरहब

March 09, 2024

सियोल– इन्डोनेसियाली नागरिकसहित नौ जना सवार दक्षिण कोरियाली माछा मार्ने डुङ्गा शनिबार देशको दक्षिणी तटमा पल्टिँदा छ जना बेपत्ता भएको स्थानीय अधिकारीले बताएका छन् ।

दक्षिण कोरियाली योनहाप समाचार संस्थाका अनुसार २९ टन क्षमताको डुङ्गा शनिबार बिहान तटीय शहर तोङयोङको एक टापुबाट ६८ किलोमिटर दक्षिणमा समुद्रमा पल्टिएको थियो ।

कोरिया कोस्ट गार्डको टोङयोङ कार्यालयले एएफपीलाई दिएको जानकारीअनुसार चालक दलका तीन सदस्यलाई उद्धार गरिएको छ तर सबै अचेत अवस्थामा छन् ।

‘हामी अझै पनि हराइरहेका छ जनाको खोजी गरिरहेका छौं,’ सरकारी अधिकारी ली हो- जुनले भने। 

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले सम्बन्धित अधिकारीहरूलाई ‘नौसेना र माछा मार्ने डुङ्गाहरू सहित सबै उपलब्ध कर्मचारी र उपकरणहरू परिचालन गरेर जीवन बचाउन सक्दो प्रयास गर्न’ निर्देशन दिएका छन् ।

योनहापका अनुसार डुङ्गा बिहीबार बिहान देशको दक्षिणी टापु जेजुबाट छुटेको र त्यसपछि माछा मार्ने काममा व्यस्त थियो ।