अन्तर्राष्ट्रिय

अफगानिस्तान सडक दुर्घटनामा सात जनाको मृत्यु

By खबरहब

March 09, 2024

काठमाडौं– पश्चिमी अफगानिस्तानको निमरोज प्रान्तमा  गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सात यात्रुको मृत्यु भएको र अन्य तीन जना घाइते भएको प्रान्तीय ट्राफिक प्रहरी अधिकारी अबिदुल्लाह मिरवाइसले बताए । 

दिलाराम जिल्लालाई प्रान्तीय राजधानी जरन्ज सहरसँग जोड्ने सडकमा शुक्रबार राति सडक दुर्घटना हुँदा चार पुरुष, दुई महिला र एक बच्चाको घटनास्थलमै मृत्यु भएको र एक बालकसहित अन्य तीन जना घाइते भएको अधिकारीले बताए ।

अफगानिस्तानमा  बुधबारको  दुर्घटनामा पूर्वी गजनी प्रान्तमा भएको दुर्घटनामा छ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए । अफगान अधिकारीहरूका अनुसार त्रुटिपूर्ण ड्राइभिङ, भीडभाडयुक्त सडक, यात्राको क्रममा सुरक्षा उपायहरू अवलम्बन नगरिनु र जीर्ण राजमार्गहरू सडक दुर्घटनाका प्रमुख कारण हुन् । 

राष्ट्रिय ट्राफिक अधिकारीहरूको पछिल्लो तथ्यांकले गत दश महिनामा अफगानिस्तानमा सडक दुर्घटनामा परी एक हजार छ सयभन्दा बढी मानिसको मृत्यु भएको र चार हजारभन्दा बढी घाइते भएको देखाएको छ ।