फाइल फोटो

समाचार

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

By खबरहब

March 09, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ ।

सरकारमा सहभागी भएको रास्वपाले सरकारमा सहभागिता, इलाम-२ को उपनिर्वाचन र उम्मेदवार छनोटका विषयमा छलफल गर्न बैठक बस्न लागेको महामन्त्री मुकुल ढकालले जानकारी दिए  ।

 बैठक सोमबार दिउँसो १२ बजे बस्ने छ ।

अहिले रास्वपा माओवादी, एमालेलगायतको गठबन्धन सरकारमा सहभागी भएकाले इलाम २ को उप-चुनावबारे के निर्णय हुन्छ भन्ने चासोका साथ हेरिएको छ ।