तस्वीर : बीबीसी

खेलकुद

एभर्टनविरुद्ध म्यानसेस्टर युनाइटेडको संघर्षपूर्ण जित

By खबरहब

March 09, 2024

काठमाडौं – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले जित दर्ता गरेको छ । शनिबार साँझ सम्पन्न खेलमा युनाइटेडले एभर्टनलाई २–० ले पराजित गरेको हो ।

युनाइटेडको जितमा ब्रुनो फर्नान्डेज र मार्कस र्यासफर्डले गोल गरे । दुवै गोल पेनाल्टीमार्फत गरिएको थियो ।

अलेहान्द्रो ग्रानाचोलाई फल गरेपछि १२ औँ म्यानचेस्टर युनाइटेडले पेनाल्टी पाएका थियो । पेनाल्टीमा ब्रुनो फर्नान्डेजले गोल गर्दै टोलीलाई अग्रता दिलाए । तयस्तै खेलको ३६ औं मिनेटमा र्यासफर्डले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

जितसँगै युनाइटेडको २८ खेलमा ४७ अंकसहित छैटौँ स्थानमा रहेको छ। एभर्टन भने २८ खेलमा २५ अंक भएको छ ।