जीवनशैली

अंग अनुसार रातो कोठीको महत्त्व

By खबरहब

April 09, 2024

काठमाडौँ– शरीरमा कोठी हुनु कुनै नौलो कुरा होइन । यसले शरीरमा वा स्वास्थ्यमा पनि खासै कुनै हानी पार्दैन । कतिपय कोठी त सुन्दरताको कारक पनि बनिदिन्छ । यस्तै केही कोठीले मानिसको सुन्दरतामा असर समेत पार्न सक्छ ।

हाम्रो शरीरमा रातो कोठी पनि हुने गर्दछ । यस्ता कोठी सौभाग्य र दुर्भाग्य दुवैको प्रतीक मानिन्छ ।

कुन अंगको कोठीले कस्तो फल दिन्छ ? – अनुहारमा रातो कोठी भएको व्यक्तिको वैवाहिक जीवन संकटग्रस्त हुन्छ । – हातमा भएको कोठीले आर्थिक मजबुती ल्याउँछ । – छातीमा भएको कोठीले विदेश जाने र धन कमाउने संकेत गर्दछ । – हत्केलाको बिच भागमा रातो कोठी छ भने यसले सम्पन्नता दिने ज्योतिषीय मान्यता छ । – औलामा यस्तो कोठी छ भने यो दुर्भाग्यको कारण बन्न सक्छ । – हत्केलाको पछाडि कोठी हुने व्यक्ति भाग्यशाली मानिन्छ । – जुन मानिसको नाकमा यस्तो कोठी हुन्छ त्यस व्यक्तिको जीवनमा संघर्ष बढ्न सक्ने मान्यता छ । – ओठको माथि कोठी भएका मानिस लोकप्रिय हुने विश्वास गरिन्छ । ओठमा कोठी भएकाले थोरै मानिसलाई मात्र आफ्नो मान्ने गर्दछन् । – नाकको मुनी कोठी हुनेहरू अरु मानिससँग घुलमिल हुन रुचाउने गर्दछन् ।