समाचार

आगलागीबाट पैँतीस लाख रुपैयाँ बराबरको क्षति

By खबरहब

April 09, 2024

महोत्तरी– महोत्तरीको मटिहानी–८ स्थित एक उद्योगमा गएराति आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

मटिहानीबजारमा सञ्चालित दुःखमोचन ठाकुरको भरत फर्निचर उद्योगमा आगलागी हुँदा ३५ लाख रुपैयाँ बढीको धनमाल नष्ट भएको प्रहरीले अनुमान गरेको छ ।

गएराति १० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । आगलागीबाट फर्निचर र उद्योगका कच्चा पदार्थ क्षति भएको छ ।

मटिहानी नगरपालिकाको वारुणयन्त्र, स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।