ब्रेकिङ स्टोरी

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा विष्णुदेवीलाई उम्मेदवार बनाउने

By खबरहब

April 09, 2024

काठमाडौँ– नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा काठमाडौँकी विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ ।

आज बिहान बसेको संसदीय दल कार्यसमितिको बैठकले पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । माघमा भएको राष्ट्रियसभा निर्वाचनमा पुडासैनी निर्वाचित भएकी थिइन् । 

सत्ता गठबन्धनले नेकपा एमालेकी विमला घिमिरेलाई उम्मेदवार बनाएको छ ।

बुधबार हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।