राजनीति

संसदीय छानविन समिति गठन नभए संसद चल्न नदिने कांग्रेसको निर्णय

By खबरहब

April 09, 2024

काठमाडौँ– नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय छानविन समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको छ ।

आज बिहान बसेको पार्टीको संसदीय दलको बैठकले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकालेको  नेता रमेश लेखकले जानकारी दिए ।

कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने जनाएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका छन् ।

‘तत्काल सहकारी ठगीका बारेमा संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ’, बैठकपछि लेखकले भने, ‘कांग्रेस संसद अवरोध गर्न चाहँदैन, तर नेपालीकांग्रेसको माग प्रति सरकार गैरजिम्मेवार भए संसद अवरुद्ध हुन्छ, यसको जिम्मा सरकारले लिनुपर्छ ।’