समाचार

सहकारीबाट लाखौ जनता ठगिएका छन्, पछि हट्नु हुँदैन : देउवा

By खबरहब

April 09, 2024

काठमाडौं– नेपाली कांग्रेस सहकारी प्रकरणको मुद्दा उठाउने विषयमा पछि नहट्ने भएको छ । मंगलबार बसेको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले सहकारी मुद्दाबाट पछि नहट्ने स्पष्ट गरेका हुन् । 

सभापति देउवाले धेरै जनता सहकारीबाट ठगिएको बताउँदै यस मुद्दालाई यतिकै छोड्न नहुने बताएका हुन् । उनको भनाइलाई उदृत गर्दै एक नेताले भने- ‘लाखौँ जनता ठगिएका छन् । यो मुद्दालाई यतिकै छोड्नु हुँदैन । कानुन पनि छ र उपलब्ध प्रमाणहरू गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न पर्याप्त छन् ।’

आजै बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणको मुद्दालाई झन् सशक्त रुपमा उठाउने निर्णय गरेको छ ।