फोटो फिचर

सेतो मच्छिन्द्रनाथ जात्राको तयारी (तस्बिरहरू)  

By खबरहब

April 09, 2024

काठमाडौँ– सेतो मछिन्द्रनाथको रथ बनाउन सुरु गरिएको छ । काठमाडौँको तीन धारा पाठशाला अगाडि रथ बनाउन सुरु गरिएको हो ।

वैशाख ४ गते सुरु हुने यात्राका लागि सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) को रथ यात्रा का लागि तयारी स्वरूप रथ निर्माण थालिएको हो ।

केल टोलको मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक,  बाङ्गे मुढा, असन कमलाक्षी हुँदै जमलको तीन धारका पाठशालामा ल्याएर रथमा विराजमान गराइ रथयात्रा सुरु हुने गर्छ ।

जात्राको पहिलो दिन जमल देखि असन, दोस्रो दिन असन देखि हनुमान ढोका र तेस्रो दिन लगनसम्म पुर्‍याइन्छ । अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ ।