राजनीति

राष्ट्रियसभा उपाध्यक्षमा विमला र बिष्णुदेवीको उम्मेदवारी दर्ता

By खबरहब

April 09, 2024

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा नेपाली काङ्ग्रेसकी विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गरेकी छन् । 

आजै बसेको काँग्रेस संसदीय दल कार्यसमितिले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

सत्ता गठबन्धनबाट एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गरेकी छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, नेकपा एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३, मनोनित २, लोसपा र जनमोर्चाका एक एक सांसद छन् ।

 राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० मत आवश्यक पर्छ ।