सांकेतिक तस्वीर

समाचार

कैलालीको घोडाघोडीमा दिदीबहिनी घरभित्रै मृत भेटिए

By खबरहब

April 09, 2024

कैलाली- कैलालीको घोडाघोडीमा दिदीबहिनी एउटै ठाउँमा मृत अवस्थामा फेला परेका छन् ।

घोडाघोडी नगरपालिका १० का कलेशु चौधरीकी दुई छोरी मृत भेटिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले जानकारी दिए ।

मृत भेटिनेमा २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी हुन् । उनीहरू दुवै जना घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएको एसपी विष्टले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा जेठी छोरी केही वर्षदेखि मुटु रोग र कान्छी छोरी डिप्रेशनको औषध खाइरहेको बुझिएको एसपी विष्टले बताए ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।