सांकेतिक तस्वीर

समाचार

सङ्खुवासभामा छोराको कुटपिटबाट बुबाको मृत्यु

By खबरहब

April 09, 2024

सङ्खुवासभा– सङ्खुवासभाको पाँचखपन नगरपालिका-२ गैरीगाउँमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ ।

२८ वर्षीय छोरा सुमन राईको कुटपिटबाट ५० वर्षीय बुवा युवराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए। गएराति घरायसी वादविवादमा  छोरा सुमनले बुबालाई कुटपिट गरेका थिए ।

 कुटपिटबाट गम्भीर घाइते ५० वर्षीय युवराजको उपचारका क्रममा आज बिहान जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न राईलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।