राजनीति

सुहाङ नेम्वाङलाइ नेपाल परिवार दलको समर्थन

By खबरहब

April 09, 2024

काठमाडौं– नेपाल परिवार दलले नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने भएको छ।

सो पार्टीका वरिष्ठ उपाध्यक्ष तथा कोशी प्रदेश संयोजक विनोद डाँगीले हिजो विज्ञप्ति जारी गर्दै एमाले उम्मेदवारलाई समर्थन गरेको जानकारी गराएका हुन् ।

विज्ञप्ति इलाम नेतृत्व सदस्य, शुभेच्छुक, समर्थक तथा सम्पूर्ण मतदातालाई सूर्य चिन्हमा मतदान गर्न आह्वान गरेका गरिएको छ।

२०८१ साल वैशाख १५ गते हुन लागिरहेको इलाम क्षेत्र नम्बर २ प्रतिनिधिसभाको उप–निर्वाचनमा सघाउन दलका केन्द्रीय सहमहामन्त्री एवम् संविधान सभा सदस्य मिलन राजवंशीको नेतृत्वमा एक टोली इलाम पठाउने तयारी गरेको परिवार दलले जनाएको छ ।

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल भने एमालेबाटै प्रतिनिधि सभामा सांसद रहेका छन् ।