समाचार

राप्रपाको जनप्रदर्शनले काठमाडौंको यातायात अस्तव्यस्त 

By खबरहब

April 09, 2024

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शन काठमाडौंको यातायात अस्तव्यस्त देखिएको छ । 

४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुसले यातायात व्यवस्था खलबलिएको हो । प्रदर्शनले प्रहरीले विभिन्न रुटमा सवारी साधनलाई डाइभर्ट गरिरहेको छ ।

 काठमाडौंका सडकमा आज सार्वजनिक यातायात पनि कम चलेको अवस्था छ । यात्रुहरू गाडी नपाएर तनावमा देखिन्छन् । 

काठमाडौंको माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क लगायत क्षेत्रमा सवारी साधनको चाप उच्च हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ।

 राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदबारतर्फ जान लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत  प्रहार गरेको थियो  ।