समाचार

२०४७ यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गरौँ : रास्वपा

By खबरहब

April 09, 2024

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०४७ देखि यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको बैठक पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै रास्वपाका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले २०४७ सालदेखि छानबिन गर्न रास्वपाले उच्चस्तरीय छानबिन समितिको माग गरेको बताए ।

उनले एउटा व्यक्तिलाई खुइल्याउने हैन सबै प्रकरणको छानबिन हुनुपर्ने आफूहरूको माग रहेको उनले बताए ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता बारे संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गरेपछि बैठक स्थगित भएको छ । अब संसदको अर्को बैठक बुधवार बिहान ११ बजे बस्ने तालिका छन् ।