देश/प्रदेश

काठमाडौंमा राप्रपाको प्रदर्शन, यस्तो देखियो भद्रकाली क्षेत्र (तस्बिरहरू) 

By खबरहब

April 09, 2024

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौँमा जनप्रदर्शन गरेको छ ।

सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले भृकुटीमण्डपबाट शुरु भएको जुलुस भद्रकाली हुँदै सिंहदबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो  ।

प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्ति सुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

तस्बिरमा हेर्नुहाेस् :