तस्बिर एपी

अन्तर्राष्ट्रिय

तान्जानियामा एक हप्तामा बाढीले १५ को मृत्यु

By खबरहब

April 09, 2024

डोडोमा– तान्जानियाका विभिन्न भागमा पछिल्लो सात दिनदेखि जारी भारी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा १२ बालबालिका सहित १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

तान्जानिया प्रहरी बलका प्रवक्ता डेभिड मिसिमेले प्रभावित क्षेत्रका अभिभावकहरूलाई आफ्ना बच्चाहरूलाई  वर्षा र बाढीको जोखिमबाट जोगाउन आग्रह गर्दै वर्षाले विनाशकारी परिणामहरू निम्त्याउन सक्ने कुरामा सचेत गराएका छन् ।  

उनले धार्मिक नेता, शिक्षक तथा सरोकारवाला व्यक्तिहरूलाई वर्षाको समयमा आकस्मिक बाढी प्रभावित क्षेत्रमा बालबालिकाहरूलाई खेल्नबाट जोगाउनसमेत आग्रह गरेका छन् ।