देश/प्रदेश

कर्णालीको मुख्यमन्त्रीमा एमालेका यामलाल कँडेल नियुक्त

By खबरहब

April 09, 2024

काठमाडौं– कर्णाली प्रदेशमा एमालेका यामलाल कँडेलले मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

उनले मंगलबार प्रदेश प्रमुख तिलक परियार समक्ष दाबी पेस गरेका थिए । कँडेललाई एमाले–माओवादी र नेकपा एकीकृत समाजवादीका २३ साथ छ ।

कर्णाली प्रदेश सरकार गठनका लागि २१ जना सांसदको आवश्यक पर्छ ।

केन्द्रमा सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार कर्णाली प्रदेश एमालेको भागमा परेको थियो ।