सांकेतिक तस्बिर

समाचार

विभिन्न स्थानमा तीन जना मृत फेला

By खबरहब

April 09, 2024

काठमाडौं – देशमा विभिन्न स्थानमा तीन जना मृत अवस्थमा फेला परेका छन् ।

रूपन्देहीको देवदह नगरपालिका–११ रेहेरास्थित बालाजी पेपर ईन्डष्ट्रीजमा सेक्युरिटी गार्ड काम गर्ने सोही नगरपालिका–१ लक्ष्मीनगर बस्ने ४७ वर्षीय लक्ष्मण कुमार श्रेष्ठ सोही ईन्डष्ट्रिजको शौचालयभित्र मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै कैलालीको टिकापुर नगरपालिका–१ ब्लक नम्बर १५ बस्ने ५० वर्षीया जसुता बटाला सोही नगरपालिका–२ स्थित खोटेना भुरा खानी सामुदायिक वनमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

यता धादिङको गल्छी गाउँपालिका–२ स्थित त्रिशुली नदीको किनारमा थाक्रे गाउँपालिका(३ बेशीलङुङ बस्ने ४१ वर्षीय कृष्णा अधिकारी मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।