अपराध

वैदेशिक रोजगारमा पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 

By खबरहब

May 09, 2024

काठमाडौं– वैदेशिक रोजगारमा पठाई दिन्छु भन्दै रकम ठगी गरेको  आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर घर भई काठमाडौं बस्ने ३१ वर्षीय असीम नगरकोटी रहेका छन् ।

उनले आकर्षक तलबको प्रलोभनमा पारी बेरोजगार नेपाली युवायुवतीहरूलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै प्रलोभनमा पारी पीडितहरूबाट रकम लिएपश्चात् विदेश नपठाई सम्पर्क विहीन भई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान  कार्यालयबाट खटेको प्रहरीले बिहीबार ठमेलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।