समाचार

आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज तीन घण्टा बन्द हुने

By खबरहब

June 09, 2024

गोरखा– त्रिभुवन राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज तीन घण्टा बन्द हुने भएको छ।

सडक मर्मत गर्नुपर्ने भएकाले बिहान १० देखि १ बजेसम्म सो सडकखण्ड अवरुद्ध हुने दमौलीस्थित सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।

उक्त खण्डमा पहिरो नियन्त्रणको कार्य भइरहेको र हिल साइडमा चर्किएर बसेको चट्टानहरू ट्रिमिङ गर्नुपर्ने भएकाले बिहान १० देखि दिउँसो १ बजेसम्म सवारी साधन अवरुद्ध हुने सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।

सो अवधिभर सवारी साधनको व्यवस्थापनमा आवश्यक सहजीकरण गरिदिन प्रशासन र प्रहरीलाई डिभिजनले अनुरोध समेत गरेको छ ।