अन्तर्राष्ट्रिय

ताइवानी आकाशमा चिनियाँ लडाकु विमान

By खबरहब

June 09, 2024

काठमाडौं– ताइवानले करीब २६ चिनियाँ लडाकु विमान र १० वटा युद्धपोतहरु आफ्नो सीमा नजिकै देखिएको बताएको छ ।

ताइवानी सञ्चारमाध्यमका अनुसार २६ मध्ये १९ वटा लडाकु विमानले चीन र ताइवानबीचको सिमानालाई विभाजित गर्ने मध्य रेखा पार गरेका छन् । चीनको यो कदमलाई उत्तेजक कार्यको रूपमा व्याख्या गरिएको छ ।

चिनियाँ लडाकु विमानको जवाफमा ताइवानले पनि आफ्ना लडाकु विमान र युद्धपोत परिचालन गरेको ताइवानका सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

पछिल्लो समय ताइवानी राष्ट्रपति लाई चिङ तेले आफ्नो सपथग्रहण समारोहमा चीनलाई विश्व शान्ति एवं स्थायित्वका लागि सबैभन्दा ठूलो रणनीतिक चुनौतीको संज्ञा दिएपछि चीन क्रुद्ध बनेको छ ।

ताइवानमा नयाँ सरकार गठन भएदेखि नै चिनियाँ सेनाका लडाकु विमानहरू दिनहुँ ताइवानको सिमानामा घुमिरहेका छन् । पछिल्लो घटनालाई पनि ताइवानमाथि दबाब सिर्जना गर्ने चिनियाँ रणनीतिसँग जोडिएको छ ।