राजनीति

अबको बाटो समाजवादी क्रान्ति : घनश्याम भुसाल

By खबरहब

June 09, 2024

काठमाडौं– एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अबको बाटो समाजवादी क्रान्तिको भएको बताउँदै त्यस दिशामा लाग्न सबैलाई अपिल गरेका छन् ।

पार्टीको दशौँ महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजमा आधारित नेपालमा समाजवादी क्रान्ति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एकीकृत समाजवादीले समाजवादी क्रान्तिको बाटो अपनाएको उल्लेख गर्दै यो कार्यक्रमलाई देशभर लगिने बताए ।

महासचिव भुसालले एमाले अध्यक्ष केपी ओलीले एमाले चलाएपछि समाजवादी क्रान्ति तहस नहस भएको आरोप लगाए ।

उनले एमाले जोगाउन तत्कालीन अवस्थामा संसद विघटन गरेको भन्ने ओलीको भनाइको कटाक्ष गरे । उनले भने, ‘हिजो एकजना नेताले एउटा कार्यक्रममा कम्युनिस्ट पार्टी जोगाउन संसद विघटन गरे भन्नू भयो । यो कस्तो बाटो अपनाउँदै छौँ । सामन्तवादको चरित्र कहाँसम्म छ ? कम्युनिस्ट पार्टीहरू कहाँ पुगे । अब दलाल पुँजीवादलाई अन्त्य गरेर समाजवादमा जानुपर्छ ।’

समाजवादी अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा पार्टीका अन्य नेता कार्यकर्ताको उपस्थित थियो ।