फाइल तस्विर

समाचार

छोरो कुटपिट गर्नेलाई पक्राउ गर्न जाँदा बरामद भयो पेस्तोल

By खबरहब

June 09, 2024

सल्यान- जिल्लाको कालिमाटी गाउँपालिका-१ लक्ष्मीपुर बस्ने दीपक चलाउनेको घरनजिकै ढुङ्गाको चेपबाट १ थान पेस्तोल बरामद भएको छ ।

शनिबार दिउँसो त्यहाँ पुगेको प्रहरी टोलीले उक्त पेस्तोल बरामद गरेको हो ।

दीपकले शुक्रबार मादक पदार्थ पिएर आफ्नै छोरालाई कुटपिट गरेको भन्ने खबर आएपछि शुक्रबार नै इलाका प्रहरी कार्यालय कालिमाटीबाट टोली खटिएको थियो ।

त्यसक्रममा दीपकलाई १ थान रड, २ थान खुकुरी र १ थान खुर्पासहित शुक्रबार राति पक्राउ गरेको थियो ।

थप अनुसन्धान गर्ने क्रममा उनको घरनजिकै ढुङ्गाको चेपमा लुकाएको अवस्थामा उक्त पेस्तोल प्रहरीले बरामद गरेको हो ।