समाचार

पुनर्निर्माणपछि यस्तो देखियो केशर महल (तस्बिरहरू)

By खबरहब

June 09, 2024

काठमाडौं- वि.सं. २०७२ को शक्तिशाली भूकम्पका कारण क्षतिग्रस्त काठमाडौंस्थित केशर महलको पुनर्निर्माण करिब अन्तिम चरणमा पुगेको छ ।

साढे ३ वर्षसम्म चलेको पुनर्निर्माण अन्तिम चरणमा पुगेको हो । पुननिर्माणका लागि करिब ५९ करोड रुपैयाँ खर्च गरिएको छ ।

अब केशर महलमा सार्वजनिक खरिद अनुगमन कार्यालय, केशर पुस्तकालय र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सर्न लागेका छन्।