मनोरञ्जन

मोदीको शपथ : रजनीकान्त, अनुपम खेरदेखि अनिल कपुरसम्म दिल्ली पुगे

By खबरहब

June 09, 2024

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा बलिउडदेखि दक्षिण भारतीय स्टार कलाकारहरू दिल्ली पुगेका छन् ।

मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री बन्नै लाग्दा भारतीय जनता पार्टीमा उत्साहको माहोल छ । अर्कातिर उनलाई समर्थन गर्ने फिल्मी कलाकार पनि धमाधम दिल्ली पुग्दै छन् ।

दिल्लीमा आयोजित शपथ ग्रहण समारोहमा फिल्मी स्टारहरू भाग लिइरहेका छन् । कैलाश खेरदेखि अनिल कपूर र अजय देवगनले मोदीलाई बधाई दिइसकेका छन् ।

मोदी जवाहरलाल नेहरूपछि तेस्रो पटक प्रधानमन्त्री हुने दोस्रो व्यक्ति हुन् । अहिले दिल्लीमा शपथ ग्रहण समारोह आयोजना हुन लागेको छ ।

यस समारोहमा भाग लिन भाजपा सांसदसमेत रहेकी कंगना रनौत, अनुपम खेर, रजनीकान्त र अनिल कपुर दिल्लीमा छन् । अन्य कलाकार पनि अहिले धमाधम शपथ ग्रहणस्थलमा जम्मा भइरहेका छन् ।