सांकेतिक तस्बिर

आर्थिक

बचत हिनाबिना गरेको आरोपमा सहकारीका अध्यक्षसहित तीन जना पक्राउ

By खबरहब

June 09, 2024

काठमाडौं– काठमाडौंको मख्खन टोलमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सहकारीको बचत रकम अपचलन गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अध्यक्ष बासुदेवमान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछेँलाई पक्राउ गरेको छ ।

उनीहरूले सात करोड ४० लाखभन्दा बढी रकम अपचलन गरेको बताइएको छ । उनीहरूले बचतकर्ताको बचत फिर्ता गर्नुको साटो सहकारीले बन्द गरेको बताइएको छ ।