ब्रेकिङ स्टोरी

नरेन्द्र मोदी लगातार तेस्रो पटक बने भारतका प्रधानमन्त्री

By खबरहब

June 09, 2024

नयाँ दिल्ली- नरेन्द्र मोदी लगातार तेस्रो पटक भारतको प्रधानमन्त्री बनेका छन् । जवहराल नेहरुपछि लगातार तीन पटक प्रधानमन्त्री हुने दोस्रो व्यक्ति मोदी भएका छन् ।

राष्ट्रपति द्रौपदी मुर्मूले नरेन्द्र मोदीलाई नयाँ दिल्लीमा आयोजित भव्य समारोहमा पद तथा गोपनीयताको शपथ दिलाइन् ।

नरेन्द्र मोदी सन् २०१४ मा पहिलो पटक भारतको प्रधानमन्त्री बनेका थिए । त्यसपछि सन् २०१९ मा भाजपाको पूर्णबहुमतसहित प्रधानमन्त्री बने। तर यस पटक भाजपाले बहुमत ल्याउन नसक्दा उनी एनडीए गठबन्धनको प्रधानमन्त्री भएका छन् ।

नरेन्द्र मोदीको अगुवाईमा एनडीए गठबन्धनले भारतका ५४३ लोकसभा सीटमा २९३ वटा जितेको छ । भाजपाले २४० मात्रै सिट जितेर बहुमत ल्याउन असफल भयो ।