क्रिकेट

भारतलाई चौथो झट्का, सुर्यकुमार यादव सात रनमा आउट

By खबरहब

June 09, 2024

एजेन्सी – टी२० विश्वकप क्रिकेट प्रतियोगितामा भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित भिडन्त अहिले न्यूयोर्कमा जारी छ।

न्यूयोर्कको नसाउ इन्टरनेशनल क्रिकेट स्टेडियम भइरहेको खेलमा भारतले चौथो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा सुर्यकुमार यादव आठ बलमा सात रन बनाएर आउट भएका हुन् ।

यसअघि ओपनिङमा उत्रिएका दुवै स्टार क्रिकेटर रोहित शर्मा र विराट कोहलीसहित अक्षर पटेल आउट भएका थिए । कोहली केबल ४ रनमा आउट हुँदा रोहितले पनि १३ रन मात्रै जोड्न सके । त्यस्तै पटेल १८ बलमा दुई चौका र एक छक्कासहित २० रन बनाएर आउट भएका थिए ।

पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले बलिङ गर्ने निर्णयसँगै भारत ब्याटिङमा उत्रिएको हो ।