अपराध

‘पेवल नेपाल र सजिलो पे’ का ६ कर्मचारी पक्राउ

By खबरहब

June 09, 2024

काठमाडौं – भुक्तानी सेवा प्रदायक कम्पनी ‘पेवल नेपाल र सजिलो पे’ का ६ जना कर्मचारी पक्राउ परेका छन् ।

अवैध हुण्डी र सुन, क्रिप्टोको अवैध कारोबारमा संलग्न भएको आरोपमा दुई कम्पनीका ६ कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा, काश्यव मानन्धर र अथुकछाक खम्पा छन् ।

आइतबार काठमाडौं जिल्ला अदालतबाट उनीहरुविरुद्ध ६ दिनको म्याद थप भएको सीआईबीले जनाएको छ ।

सीआईबीले केही दिनअघि मात्रै राष्ट्र बैंकलाई पत्र लेख्दै ‘पेवल नेपाल र सजिलो पे’ लाई रोक्का गर्न आग्रह गरेको थियो । त्यस लगत्तै राष्ट्र बैंकले सुचना जारी गर्दै यी दुई कम्पनीको बैंक खाता रोक्का गरेका थियो ।