क्रिकेट

भारतको सातौं विकेट गुम्यो, अमिरले लिए लगातार दुई विकेट

By खबरहब

June 09, 2024

एजेन्सी – टी२० विश्वकप क्रिकेट प्रतियोगितामा भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित भिडन्त अहिले न्यूयोर्कमा जारी छ।

पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले बलिङ गर्ने निर्णयसँगै भारत ब्याटिङमा उत्रिएको छ ।

न्यूयोर्कको नसाउ इन्टरनेशनल क्रिकेट स्टेडियम भइरहेको खेलमा भारतले सातौं विकेट गुमाएको छ । भारतको १५ ओभरको पहिलो र दोस्रो बलमा लगातार दुई विकेट गुमाएको हो ।

सम्हालिएर ब्याटिङ गरिरहेका रिसब पन्तलाई पाकिस्तानका मोहम्मद अमिरले हरिस रउफको हातबाट क्याच गराए । पेभिलियन फर्किनु अघि पन्तले ३१ बलमा सात चौकासहित ४२ रन बनाएका थिए ।

यसअघि सुर्यकुमार यादव आठ बलमा सात रन बनाएर आउट भए । त्यस्तै ओपनिङमा उत्रिएका दुवै स्टार क्रिकेटर रोहित शर्मा र विराट कोहलीसहित अक्षर पटेल आउट भएका थिए । कोहली केबल ४ रनमा आउट हुँदा रोहितले पनि १३ रन मात्रै जोड्न सके ।

त्यस्तै पटेल १८ बलमा दुई चौका र एक छक्कासहित २० रन बनाएर आउट भएका थिए । शिवम दुवे र रविन्द्र जडेजाको ब्याटिङ पनि आज चल्न सकेन ।