समाचार

रास्वपाको केन्द्रीय समिति बैठक जारी

By खबरहब

July 09, 2024

काठमाडौँ– सत्तासाझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक जारी छ ।

बालाजुस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

आजको बैठकमा अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि बैठकमा छलफल गरिने बताइएको छ ।

पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालका विषयमा बैठकबाट निर्णय गर्ने बुझिएको छ  ।

असार २० गते बुधबार बसेको बैठकले डा. ढकाललाई महामन्त्री र प्रवक्ताबाट यसअघि एक साताका लागि निलम्बन गरिएको थियो ।