राजनीति

‌ओलीलाई सन्चो नभएपछि सर्‍यो एमाले सचिवालय बैठक

By खबरहब

July 09, 2024

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीलाई सन्चो नभएपछि सोमबार बस्ने भनिएको नेकपा एमाले सचिवालय बैठक स्थगित भएको छ ।

ओलीको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार दिउँसो दिउँसो १ बजेका लागि पार्टी मूख्यालय च्यासलमा डाकिएको बैठक मंगलबार बिहानसम्मलाई स्थगितभएको हो ।

आज प्रतिनिधि सभा बैठक रहेको तथा आवश्यक तयारी नपुगेका कारण बैठक स्थगित भएको एमालेका एक नेताले बताए । तर अध्यक्ष ओलीले सन्चो नभएको खबर पठाएपछी बैठक भोलि बिहान ११ बजेसम्मलाई स्थगित भएको हो ।

एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी थियो ।