तस्बिर : रोयटर्स

अन्तर्राष्ट्रिय

रुसी सेनाले सीमाक्षेत्रमा ३८ युक्रेनी ड्रोन खसालेको दाबी

By खबरहब

July 09, 2024

मस्को– रुसी सेनाले सीमा नजिकका क्षेत्रहरूमा सोमबार रातभर ३८ वटा युक्रेनी ड्रोन नष्ट गरेको रक्षा मन्त्रालयले जनाएकाे छ।

मंगलबार आस्ट्राखानका गभर्नर इगोर बाबुस्किनले भने, ‘युक्रेनले यस क्षेत्रलाई लक्षित गरी उत्तरमा ड्रोनमार्फत आक्रमणको ठूलो प्रयास सुरु गरेको थियो ।’

सन् २०२२ फेब्रअुरी सुरु भएको रुस–युक्रेन युद्धमा दुवै पक्षले व्यापक मात्रामा ड्रोन प्रयोग गरिरहेका छन् ।

युद्धमा दुवैतर्फबाट सयौँ किलोमिटरको दूरीमा  आक्रमण गर्न सक्ने क्षमताका ‘स्व–विस्फोटक’ ड्रोन पनि समावेश गरिएको जनाइएको छ ।

युक्रेनले यस वर्ष रुसमाथिको आक्रमण तीव्र पारेको छ । रुसी सेनाले प्रयोग गरिरहेका ‘इनर्जी साइट’, सिमानाका सहर र गाउँ लक्षित आक्रमण गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत मेमा युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा आक्रमण सुरु गरको बताएका छन् ।